बिर्तामोड, जेठ १ । गरीव असहाय जनतालाई सहुलियतमा अस्पतालसम्म पु¥याउने उद्देश्यले नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले एउटा एम्बुलेन्स नेपाली कांग्रेस झापा क्षेत्र नं–२ लाई हस्तान्तरण गरेका छन् ।

अत्यन्तै न्यून शुल्कमा गरीव तथा असहाय ब्यक्तिहरुको उपचारार्थ सेवा पु¥याउँदै आएको महिला सामुदायिक अस्पताल बुद्धशान्ति–३ मातहत सञ्चालन हुनेगरी नेपाली कांग्रेसका नेता समेत रहेका डा.शर्माले प्र.१–०१–००१ च ८४०७ नम्बरको एम्बुलेन्स प्रदान गरेको नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति खगेन्द्र मैनालीले जानकारी दिए ।
उनका अनुसार कोरोना प्रभावित तथा अन्य विरामीलाई समेत सेवा दिनेगरी एम्बुलेन्स सञ्चालनमा आइसकेको छ । निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराएर सञ्चालनको वातावरण बनाइदिएकोमा महिला सामुदायिक अस्पतालका अध्यक्ष विष्णु मैनालीले दाता डा. शर्मा, नेपाली कांग्रेस झापा र २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनालीप्रति धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्