कुमरखोद , जेठ १ । झापा गाउँपालिकामा कडाईका साथ निषेधाज्ञा लागू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि आजदेखि जेठ ७ गतेसम्म कडाईका साथ पूर्ण निषेधाज्ञा जारी गरेको हो ।
औषधी पसलबाहेक झापा गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण हाटबजार , फलफुल , किराना पसल , रेडिमेट, हार्डवेयर र सागसब्जी बजारहरु पूर्णरुपमा वन्द छन् । सम्पूर्ण पसलहरु बन्द भएपछि मानिसहरुको आवतजावत एकदमै न्यून भएको देखिन्छ । चोकचोकमा शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र जनपद प्रहरीको टोली खटिएका छन् ।

मानिसहरुलाई अतिआवश्यक कामबाहेक हिडडुल गर्न समेत दिएका छैनन् । साईकलमा चढेर आउनेहरुलाई पनि रोकेर सोधपुध गरेर आवश्यक भए बजार क्षेत्रमा प्रवेश गर्न दिएका छन् भने अनावश्यक भए जुन बाटोबाट आए त्यही बाटो भएर प्रहरीले सम्झाई बुझाई फर्काउन थालेका छन् । मोटरसाईकल चलाउनेहरुलाई २ घण्टा होल्ड गरी छाडिएको कुमरखोद ईलाका प्रहरी कार्यालयका प्रमुख नारायण प्रधानले जानकारी दिए ।
बैंक ,सहकारी तथा वित्तीय संस्थाहरु खोले पनि सेवाग्राही नआएपछि कार्यालयहरु सुनसान रहेको पिछडा उत्थान तथा कृषि सहकारी संस्थाका प्रबन्धक शंकर शाहले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्