झापा, जेठ १ । झापामा जिल्ला प्रशासन कार्यालयले पूर्ण निषेधाज्ञा जारी गरेसँगै पहिलो दिन जिल्लाभर सवारीसाधन ठप्प प्राय रह्यो ।

सडकमा मानिसको आवतजावत घटेको छ । प्रहरीले सडकमा चेकजाँचलाई कडाइ गरेको छ ।झापा जिल्लामा शनिवारदेखि निषेधाज्ञा थप कडा पारिएको हो । निषेधाज्ञा कडा पारिएसँगै जिल्लाका बजार क्षेत्र र सडक सुनसान देखिएको हो । जिल्लाका मुख्यगरी बिर्तामोड, दमक, काँकरभिट्टा, धुलाबारी,भद्रपुर सुरुंगालगायतका क्षेत्र ठप्प प्रायः छन् ।यसैबीच निषेधाज्ञा उल्लंघन गर्ने ९१ वटा सवारी साधनलाई प्रहरीले कार्वाही गरेको छ । कार्वाही पर्नेमा दुई पांग्रे ४२, तीन पांग्रे २० र चार पांग्रे २९ वटा सवारी साधन रहेका छन् । जिल्ला प्रहरी कार्यालयले २ , इलाका प्रहरी कार्यालय काँकरभिट्टाले २४ , इप्रका बिर्तामोडले २४ , इप्रका दमकले ८ , इप्रका धुलावारीले ६ , इप्रका गौरीगञ्जले २ , वडा प्रहरी कार्यालय भद्रपुरले १ , प्रहरी चौकी जलथलले २ र हल्दीवारी प्रहरी चौकीले ४ वटा सवारी साधनलाई कार्वाही गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । त्यस्तै दुई पांग्रे १५ र चार पांग्रे १२ गरी २७ वटा सवारी साधनलाई नियन्त्रणमा लिई केही समयपछि छोडिएको उनले बताए । त्यसैगरी निषेधाज्ञामा आवतजावत गर्ने ७ जनालाई भद्रपुरबाट नियन्त्रणमा लिइएको डिएसपी थापाले जानकारी दिए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्