झापा , जेठ २ । कोरोना संक्रमणबाट इलामका दुईजना व्यक्तित्वको निधन भएको छ ।

इलामका संचारकर्मी जनता टाइम्सका सम्पादक एवं प्रेस चौतारीका केन्द्रीय सदस्य शान्तिराम कार्कीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनी नेकपा (एमाले) झापाका जिल्ला सदस्य तुलसी कार्कीका भाइ हुन् ।
त्यस्तै नेकपा एमालेका युवा नेता इलाम निवासी नवराज शंकरको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । विभिन्न सामाजिक क्षेत्रमा आवद्ध शंकरको आज विहान ४ बजे मृत्यु भएको जनाइएको छ । उनी विराट मेडिकल कलेज विराटनगरमा उपचाररत थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्