कुमरखोद,जेठ २ । झापामा थप एकजना संक्रमित महिलाको मृत्यु भएको छ ।

झापा गाउँपालिका–६ आदर्श टोलकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।४९ वर्षीया सिटौला थरकी महिलाको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताए । क्यान्सर रोगले समेत पीडित महिलाको होम आइसोलेसनमै हिजो बेलुका ७ बजे मृत्यु भएको बिश्वकर्माले जानकारी दिए । योसंगै झापा गाउँपालिकामा कोरोनाको दोस्रो लहरमा ज्यान गुमाउनेको सँख्या ३ पुगेको छ । गएराति नै मेचीनगर ९ की ८६ वर्षिया महिलाको गएराति १०.३० बजे बिर्तासिटी हस्पिटलमा मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्