झापा, जेठ २ । कोरोना संक्रमणबाट जनता टाइम्स डटकमका सम्पादक शान्तिराम कार्कीको निधन भएको छ ।

दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचाररत सम्पादक कार्कीको गएराति निधन भएको हो ।
बिगत डेढ दशकेखि पत्रकारितामा सक्रिय कार्कीले जनता टाइम्स डटकमको स्थापनाकालदेखि हालसम्म सम्पादकको जिम्मेवारी सम्हालेका थिए । प्रेस चौतारी नेपालका केन्द्रीय कमिटी सदस्य कार्की खोजी समाचारप्रति निकै रुची राख्थे । २०४४ साल मंसिरमा झापा गौरादह ४ डोरामारीमा जन्मेका सम्पादक कार्की सौर्य दैनिकमा समेत आवद्ध थिए । सम्पादक कार्की नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष रहेका थिए । उनी गौरादह वडा न ४ का वडा अध्यक्ष मणिन्द्र कार्कीका भतिजा तथा नेकपा एमाले झापाका जिल्ला सदस्य तुलसी कार्कीका कान्छा भाइ हुन् । सरल स्वभाबका अत्यन्तै मिजासिला पत्रकार कार्कीको निधनले गौरादहबासी शोकमग्न भएका छन् । स्व. कार्कीका बुबाआमा ,२ दाजु र १ दिदी रहेका छन् । उनको आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्