बिर्तामोड , जेठ २ । जनता बैंकका पूर्व अध्यक्ष एवम् हाल ग्लोवल बैंकका निर्देशक केशव रायमाझी र उनकी श्रीमती पवित्रा रायमाझी हेलिकप्टर एयर वेड सिफ्ट गरी कोरोना संक्रमणको उपचारको लागि बिएण्डसी अस्पतालमा आएका छन् ।

फाइल फोटो

कोरोना संक्रमण भएपछि आज बिहान रायमाझी दम्पती हेलिकप्टरमार्फत बिएण्डसी अस्पताल आएका हुन् । हालसम्म २२ जना एयर लिफ्ट गरी बिएण्डसी आईसकेका छन् । उनीहरुको आईसियु, एचडीयु तथा कोभिड वार्डमा उपचार भईरहेको र अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

हाल देशमा कोभिडको कारण सृजना भएको यो विकराल समयमा यस बिएण्डसी अस्पतालले प्रदेश नं. १ का विरामीका साथै देशका विभिन्न स्थानहरु नेपालगञ्ज, मुगु, डोटी, कैलाली, दाङ, चितवन, विरगंज, ओखलढुङ्गा, सोलुखुम्वु, पोखरालगायत विशेषतः काठमाण्डौमा कोरोना संक्रमणका कारण संवेदनशील अवस्थामा पुगेका र ती स्थानहरुमा उचित उपचार संम्भव नभएका कारण बिएण्डसी अस्पतालको विश्वास एवम् भरोसा गरी उपचारको लागि आएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले बताए ।उनले एक पे्रस विज्ञप्ति जारी गरी अहिले आफ्नो अस्पतालमा २०० बेड कोभिड विरामीको उपचारको लागि छुट्याईएको जनाएका छन् । जसमध्ये ७० आईसियु बेड रहेका छन् भने अस्पतालमा ६५ वटा भेन्टिलेटरहरुबाट संक्रमित विरामीको उपचार भईरहेको छ ।

अस्पतालमा उपचारको लागि भर्ना भएका विरामीहरु सफल उपचारपछि निको भएर घर जाने दर उच्च रहेको र विरामीहरुको मृत्युदर अत्यन्तै न्यून रहेको उनले जानकारी दिएका छन् ।‘ देश र जनताप्रति सदैव उत्तरदायी रहेको बिएण्डसी अस्पताल परिवार कोभिडको यो परिस्थितिमा कुनै पनि विरामीले उपचार अभावमा मृत्युवरण गर्नु नपरोस् भन्नेतर्फ सजग रहेको छ ’उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।उनले हालसम्म यो महामारीको अवस्थामा विरामीको सफल उपचार गराउनको लागि यस अस्पतालमा अहोरात्र खटिने चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी एवम् कर्मचारी, संचारकर्मीलाई धन्यवाद दिँदै आगामी दिनहरुमा निरन्तर सहयोगको अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्