झापा, जेठ २ । झापामा जिल्ला प्रशासन कार्यालयले कडाईका साथ पूर्ण निषेधाज्ञा जारी गरेको दोस्रो दिन निषेधाज्ञा उल्लंघन गर्ने ७३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ४३ जना पुरुष र ३० जना महिला छन् । बिर्तामोडबाट ५२ ,जिल्ला प्रहरी कार्यालयले १६ र काँकरभिट्टाबाट ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।
त्यस्तै निषेधाज्ञा उल्लंघन गर्ने १३८ वटा सवारी साधनलाई प्रहरीले कार्वाही गरेको छ । कार्वाही पर्नेमा दुई पांग्रे ६०, तीन पांग्रे ६ र चार पांग्रे ७२ वटा सवारी साधन रहेका छन् । जिल्ला प्रहरी कार्यालयले २० , इलाका प्रहरी कार्यालय काँकरभिट्टाले १२ , इप्रका बिर्तामोडले ३५ , इप्रका दमकले १९ , इप्रका धुलावारीले ९ , इप्रका झिलझिलेले ३१ , प्रहरी चौकी घोडामाराले ७ र हल्दीवारी प्रहरी चौकीले ५ वटा सवारी साधनलाई कार्वाही गरेको डिएसपी थापाले जानकारी दिए । त्यस्तै दुई पांग्रे ४३ ,तीन पांग्रे ५ र चार पांग्रे ५५ गरी १०३ वटा सवारी साधनलाई नियन्त्रणमा लिई केही समयपछि छोडिएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्