झापा , जेठ ३ । झापा अर्जुनधाराका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
अर्जुनधारा ५ स्थायी ठेगाना भई काठमाडौंमा बस्दै आएका खड्का थरका ४० वर्षिय पुरुषको गएराति ११ बजे वीर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । उनी केही दिनदेखि त्यहाँ उपचाररत रहेका थिए ।




