कुमरखोद ,जेठ ३ । झापा गाउँपालिका–२ बाट लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाउँपालिका–२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा–१ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन् । पैदल हिडिरहेका तीनै जनालाई गएराति साढे ८ बजे ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट ५३० मिलिग्राम ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजारसमेत बरामद गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्