बिर्तामोड , जेठ ३ । कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ ।

स्वासप्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको थियो । उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।लामो उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । उपचारकै क्रममा आज बिएण्न्डसी हस्पिटलमा निधन भएको हो ।उनको निधनबारे झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले पुष्टि गरे । उनको दिउँसो २ बजेर ३० मिनेटमा निधन भएको प्रजिअ तिमिल्सिनाले जानकारी दिए ।उनलाई वैशाख १७ गते थप उपचारका लागि बिएण्डसीमा भर्ना गरिएको थियो ।संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा र त्यसपछि २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइसोलेसनमा राखिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्