झापा , जेठ ४ । कोरोना संक्रमणका कारण सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु भएको छ ।

आज बिहान ४ बजे बिराट मेडिकल कलेज विराटनगरमा ३९ बर्षीया चौधरीको मृत्यु भएको हो । आउने साउन महिनामा उनको बच्चा जन्मिने थियो । चार दिनअघि उनको बच्चा तुहिएको थियो ।



