बिर्तामोड, जेठ ४ । स्वच्छ समाजका लागि सामाजिक अभियानले झापाका ४८ दृष्टिबिहिन परिवारलाई राहत वितरण गरेको छ ।

झापाका विभिन्न शहरमा आफ्नो सुमधुर गीत सुनाउँदै जीवनयापन गर्ने बिर्ताबजारका जेठा मुर्मुसहित दमक,गौरीगञ्ज,गौरादह,सुरुङ्गा,बिर्तामोड,भद्रपुर,धुलाबारी, शान्तिनगर र शनिश्चरेका अतिआवश्यक ४८ परिवारलाई जनही ३० केजीको १ बोरा चामल,दाल,नुन,खानेतेल र नुहाउने साबुन वितरण गरिएको हो । अभियानलाई सहयोगी दाता अर्जुनधारा ११ का अमेरिका बस्ने अरुणकुमार डाँगीले पचास हजार साठी,दुबईमा बस्ने गणेश भट्टराईले पाँच हजार,शेरबहादुर थापा,सुनिता धिमाल,देवीमाया गिरी,भोला तामाङ, निता तामाङ,खगेन्द्र कुँवर,विरेन्द्र उदास,भुपेन्द्र श्रेष्ठ मोती चौधरी,अभिप्रसाद बाँस्कोटालगायतले सहयोग गरेको अभियानका अध्यक्ष गणेश ढुंगानाले बताए ।
झापा नेत्रहीन संघका सल्लाहकार तथा पूर्व अध्यक्ष द्रोणचार्य निरौलाले विषम परिस्थितिमा गीत आएर आफ्नो आफ्नो जिबिका चलाउने र हाल यो परिस्थितिमा शहर बन्दाबन्दी रहेको अवस्थामा राहत दिएर जीवन रक्षा गरेकोमा धन्यवाद दिएका छन् । कार्यक्रमको सहजीकरण संचारकर्मी रन्जित परियारले गरेका थिए ।
,

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्