भद्रपुर, जेठ ५ । कोरोना संक्रमणबाट हिजो दुईजनाको मृत्यु भएको भद्रपुरमा आज फेरि तीनजनाको ज्यान गएको छ ।

मृत्यु हुने तीनैजना पुरुष हुन् । उपचारका क्रममा दुईजनाको भद्रपुरको मेची अस्पतालमा र एकजनाको बिर्तामोडको बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । भद्रपुर १ का ८४ वर्षिय क्षेत्री थरका बृद्धको मेची अस्पतालमा मृत्यु भएको हो भने सोही अस्पतालमा भद्रपुर वडा नं ६ का ५६ वर्षिय कर्ण थरका पुरुषको पनि मृत्यु भएको छ । त्यस्तै भद्रपुर वडा नं २ का ३८ वर्षिय कुमाछी थरका व्यक्तिको बिर्तामोडको बिएण्डसी हस्पिटलमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए । योसँगै नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या भद्रपुरमा १० पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्