बिर्तामोड , जेठ ५ । एकका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंकका लागि वीरता लेडी जेसीजले ६ थान अक्सिजन सिलिन्डर वापत ९० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

‘थोपा थोपाले समुन्द्र बन्छ’ भनेझै लेडी जेसीजले आफ्ना सदस्यहरुबाट सानो–सानो रकम जुटाएको हो ।त्यस्तै पदाधिकारीहरुमध्येबाट अध्यक्ष स्वस्तिका आचार्यले १ थान, कोषाध्यक्ष झुमा चुडालले १ थान, जनसम्पर्क अधिकारी टीका तिवारीले १ थान सिलिन्डर वापतको जनही १५ हजारसहित एकमुष्ठ ९० हजारको चेक अभियानलाई प्रदान गरिएको अध्यक्ष आचार्यले बताईन् । बुधबार अभियानको सचिवालयमा उपस्थित भएर वीरता लेडी जेसीजकी अध्यक्ष आचार्यले उक्त रकम अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई उपलब्ध गराएको अभियान सचिवालय सदस्य गोपाल भट्टराईले जानकारी दिए । गत वर्ष एकका लागि एक अभियानले कोभिडबाट पीडित बनेका नागरिकलाई खाना खुवाउनेदेखि पिसिआर ल्याव स्थापना गर्दा र यस वर्ष अक्सिजन बैंक स्थापना गर्ने कार्यमा पनि वीरता लेडी जेसीज प्रत्यक्ष सहभागी रहेर मानव हितको काममा लागिपरेको भन्दै अभियानका संयोजक गिरीले धन्यवाद दिएका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेत, लेडी जेसीज महासचिव हिमा पौडेल, कोषाध्यक्ष झुमा चुडाल, कार्यकारिणी उपाध्यक्ष युनिता दवाडीलगायतको सहभागिता रहेको थियो

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्