झापा , जेठ ६ । मोरङको पथरीमा गएराति भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

मृतक लक्ष्मी पौडेल

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे २ जय चोकमा ना २ ख ९४७३ नम्बरको मालवहाक सवारी साधनले मे १ च १८५१ नम्बरको स्कोरपियोलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं ५ का अन्दाजी ६० बर्षिय लक्ष्मी पौडेल र मोरङ रंगेली ३ रञ्जनी बस्ने अन्दाजी ७० बर्षिया विष्णुमाया शिवाकोटी रहेका छन् । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रदेश कार्यालय इटहरीले जनाएको छ । मृतक दुई जनाबीच ज्वाइँ सासुको सम्बन्ध रहेको बताइएको छ । झापाबाट उनीहरु पश्चिमतर्फ आफन्त बिरामी भेट्नका लागि जाने क्रममा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा स्कोरपियोका चालक बिर्तामोड २ चारपानेका ३३ बर्षिय विकास उप्रेती, स्कोरपियोमा सवार झापा गापा वडा नं २ की ४५ बर्षिया बिनिता पौडेल र हल्दिबारी ५ का २५ बर्षिय रोशन उप्रेती गम्भीर घाईते भएका छन् । उनीहरुको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्