बिर्तामोड , जेठ ६ । हेलिकप्टर एयर वेड सिफ्ट गरी बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका लागि आएकी दाङ जिल्लाकी एक महिला संक्रमितको मृत्यु भएको छ ।

उपचारका क्रममा दाङकी ३२ वर्षिया सुशिला योगीको उपचारका क्रममा गएराति १०.५० बजे मृत्यु भएको हो । यसअघि हिजो बिएण्डसी हस्पिटलमा धरान उपमहानगरपालिका ८ की राई थरकी ५६ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको थियोे । बिएण्डसी हस्पिटलमा धनुषा र रौतहटका थप दुईजना संक्रमितको मृत्यु भएको नेपाली सेनाले जनाएको छ । तर, बिएण्डसी हस्पिटलले धनुषा र रौतहटका संक्रमितको मृत्युबारे पुष्टि गरेको छैन ।

१ प्रतिक्रिया

  1. दाङबाट र बाराबाट हेलीमा ल्याएकाे बिरामीकाे त्यहिदन मृत्युु भएकाे हाे मैले प्रथक्क्ष देखेकाे हाे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्