बुधबारे, जेठ ७ । बुधबारे जेसीजले ‘खासदिन जन्मदिन’ कार्यक्रमअन्तर्गत आइसोलेसन सेन्टरमा भर्ना हुने बिरामीका लागि हर्लिक्स प्रदान गरेको छ ।


बुधबारे जेसीजका सदस्य उमेश तिम्सिनाको संयोजकत्वमा गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, बुद्धशान्ति ३ का वडाध्यक्ष कमल उप्रेती, स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीको रोहबरमा आइसोलेसन समितिलाई १७ थान हर्लिक्स हस्तान्तरण गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिए । बुधबारे जेसीजका सदस्य उमेश तिम्सिनाको जन्मदिनको अवसर पारेर सो कार्यक्रम गरिएको बुधबारे जेसीजका निवर्तमान अध्यक्ष नन्दकुमार याफू राईले बताए । जेसीज मानवताको सेवामा समर्पित संस्था भएकाले आफूहरूले सकेको योगदान गरेको बुधबारे जेसीजका अध्यक्ष वाग्लेले बताए । हर्लिक्स ग्रहण गर्दै गाउँपालिका अध्यक्ष भुजेलले कोरोनाको जटिल समयमा जेसीजले गरेको कार्यको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्