झापा, जेठ ७ । झापाको कमल गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

कमल गाउँपालिका–३ सानो केर्खामा गएराति पौने ९ बजे प्रदेश ३–०१–०२४ च ४५३५ नंम्बरको स्कोरपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ बर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा खटिएको प्रहरी टोलीले ठक्कर दिने स्कोरपियो र चालकलाई नियन्त्रणमा लिएको र अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्