झापा, जेठ ७ । मेची अञ्चल अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालको एचडियु वार्डमा उपचाररत दुवै जनाको आज बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमणबाट मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ निवासी ५० वर्षीय पुरुष र बुद्धशान्ति गाउँपालिका ४ निवासी ४६ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । उनीहरु दुई दिनअघि अस्पतालमा भर्ना भएका थिए । उनीहरूको शव व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्