झापा , जेठ ७ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेचीनगर वडा नं. ६ बद्री टोल बस्ने २६ वर्षिय सुमन दनुवार र दमक वडा नं. ५ बस्ने २१ वर्षिया समिता राई रहेका छन् ।

शुक्रवार दिउँसो १ बजे मेचीनगर ६ बद्री टोलमा लागूऔषधको खरिद बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा सीमा प्रहरी चौकी नकलबन्दा र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सुमनले समितालाई ब्राउनसुगर बिक्री गर्दै गरेको अवस्थामा पाँच ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्