भद्रपुर,जेठ ८ । भद्रपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारमा रहेका विरामीहरूले समयमा खाना खान नपाउँदा रोगभन्दा भोकले मर्ने अवस्था आएको गुनासो गरेका छन् ।

अतिआवश्यक खानपानको व्यवस्थापकीय कमजोरीले गर्दा अस्पतालमा उपचाररत विरामीले रोगभन्दा भोकले मर्नु पर्ने अवस्था आएको भन्दै भिडियो मार्फत सार्वजनिक अपिल गरेका हुन् ।
कोभिड १९ संक्रमणले सिकिस्त भएका विरामी मात्र उपचारका लागि पुग्ने गरेको कोरोना विशेष अस्पतालमा व्यवस्थापकीय लापरवाहीले गर्दा भोक सहेर बस्न नसकिने अवस्थामा पुगेको उनीहरूले फेसबुक मार्फत सार्वजनिक गर्न थालेका छन् ।
अस्पतालमा रहेका विरामीहरूका अनुसार कोभिड अस्पतालमा विहानको नास्ता ९ बजेपछि र खाना मध्यान्ह १ बजेपछि आउने गरेको छ । विरामीहरूका लागि खाने, बस्ने व्यवस्थापन कमजोर रहेको, अस्पतालमा उचित सरसफाई र पोषणयुक्त खानाको व्यवस्थापन कमजोर रहेको गुनासो छ । अस्पतालमा रहेका विरामीहरूले भिडियो मार्फत रोगबाट छिटो छुट्कारा पाउन समयमा खाना पाउने वातावरण बनाइदिन सरोकारवालासित आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्