बिर्तामोड , जेठ ८ । मेचीनगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

आज मध्यान्ह बिर्तासिटी हस्पिटल बिर्तामोडमा उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए । कोरोना संक्रमण भएपछि उनी विगत ११ दिनदेखि त्यहाँ उपचाररत रहेका थिए ।स्वास्थ्यमा समस्या देखिएपछि बैशाख २७ गते उनी हस्पिटल भर्ना भएको र २८ गते गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । मेचे कांग्रेसको भातृ संगठन आदिबासी जनजाति संघ झपाका जिल्ला अध्यक्ष तथा मेचे समाज शिवियारी आफतका पूर्व कन्द्रीय अध्यक्षसमेत रहेका थिए । मेचेका एक श्रीमती, तीन छोरा र एक बुहारी छन् । नेपाली सेनाको सहयोगमा स्थानीय निन्दा नदीमा दाहसंस्कारको तयारी भइरहेको जनाइएको छ ।