दमक, जेठ ८ । कमल गाउँपालिका वडा न. १ का वडाध्यक्ष केदार कटुवालले आफना वडाका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामग्री दिएका छन् ।

उनले आफनो निजी खर्चमा कोभिड संक्रमणबाट घरमै उपचार गर्दै आएका १७ जना संक्रमितहरुलाई भिटामिन ,पारासिटामोल,सेनिटाईजर ,मास्कलगायतका स्वास्थ्य सामग्रीहरु दिएका हुन् । संक्रमितहरुको स्वास्थ्य अवस्था बुझदै वडाध्यक्ष कटुवालले ती स्वास्थ्य सामग्रीहरु वितरण गरेका हुन् । वडाको सराङपाडा,समयगढलगायतका स्थानमा संक्रमण देखिएको उनले जनाए । कोरोनाबाट संक्रमण भएर होम आइसोलेसनमा बसेका सबैलाई त्यसै किसिमका आवश्यक स्वास्थ्य सामग्रीहरु वितरण गरिने वडाध्यक्ष कटुवालले बताए । सामाजिक कार्यमा सक्रिय युवा व्यक्तित्व वडाध्यक्ष कटुवालले यसअघि आफनो निजी खर्चमा विभिन्न सहयोग गर्दैआएका छन् । कमलमा दोश्रो भेरियन्टबाट हालसम्म १२६ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्