झापा, जेठ ८ । झापाको दमकमा शनिबार थप २ संक्रमितको मृत्यु भएको छ ।

दमक नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार दमक ९ का २८ र ६३ बर्षिय पुरुषको मृत्यु भएको हो । २८ बर्षिय संक्रमित पुरुषको बिएण्डसी अस्पताल बिर्तामोडमा हिजो बेलुका मृत्यु भएको हो । यस्तै अर्का संक्रमित ६३ वर्षिय बृद्धको भने दमकको लाइफलाइन अस्पतालमा हिजो बेलुका नै मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।योसँगै दमकमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या १४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्