भुतपूर्व प्रहरी नायव निरीक्षक थापामगरको निधन

कुमरखोद , जेठ ८ । झापा गाउँपालिका वडा न ५ पंथापाडाका भुतपूर्व प्रहरी नायव निरीक्षक कमल थापामगरको आज बिहान ६ बजे ७१ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।

कामको सिलसिलामा पक्षघात भई उनी घरमा थला परेका थिए । थापामगर प्रहरी सेवावाट अवकाश भएपछि सामाजिक कार्यमा संलग्न रहेका थिए । उनी मिलनसार र मेहेनती थिए । उनको विरिङ खोलामा दाहसंस्कार गरिएको छ ।थापामगरका दुई पत्नी , पाँचजना छोरा र २ जना छोरी रहेका छन् । एकजना छोरा नेपाल प्रहरी ईलाममा कार्यरत छन् भने एकजना छोरा प्रहरी सेवावाट अवकाश भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्