बिर्तामोड , जेठ ९ । बिर्तामोडको केही क्षेत्रमा आज दिनभरि विद्युत आपूर्ति नहुने भएको छ ।

बिर्तामोडको घन्टीबारी , स्यालडाँगी , बसपार्क , किराँत चोक हुँदै चारआली चोक आसपाससम्म बिहान ८ देखि बेलुका ४ बजेसम्म विद्युत आपूर्ति नहुने भएको हो । विद्युत लाइन मर्मत संभार र पोल स्थानान्तरण गर्नुपर्ने भएकाले बिजुलीको लाइन काटिने अनारमनी वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्