झापा , जेठ ९ । झापामा पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या बढेको छ ।

आज पीसीआर विधि र एन्टिजेनतर्फ गरेर कुल ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।तर, कोरोनालाई पराजित गरी घर फर्किनेको संख्या १०७ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै कोरोनालाई जित्नेको कुल संख्या ५ हजार २७६ पुगेको छ ।आइतबार पीसीआरतर्फ ५० र एन्टिजेनतर्फ ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ४१ जना महिला रहेका छन् । योसँगै झापामा कुल संक्रमितको संख्या ९ हजार १८१ पुगेको छ ।आज संक्रमित भएकामध्ये सबैभन्दा बढी दमकमा ११ महिलासहित २२ जना रहेका छन् । यस्तै, बाह्रदशीमा ४ महिलासहित १८ जना, हल्दिबारीमा ६ महिलासहित १२ जना, भद्रपुरमा ५ महिलासहित ११ जनामा पनि संक्रमण पुष्टि भएको छ ।यसैगरी, बिर्तामोडमा ५ महिलासहित ९ जना, बुद्धशान्तिमा २ महिलासहित ६ जना, शिवसताक्षीमा २ महिलासहित ४ जना, गौरीगञ्जमा २ जना पुरुष, कमलमा २ जना महिला, गौरादह, झापा र ठेगाना नखुलेका १–१ जना पुरुषमा संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्