झापा , जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघले आज साँझ झापामा राँके जुलुश निकालेको छ ।

नेविसंघ जिल्ला समिति झापा र नगर समिति बिर्तामोडको आयोजनामा बिर्तामोडमा राँके जुलुश निकालियो । कोरोना संक्रमणका कारण सामाजिक दुरी कायम गर्दै १० जनाले मात्र जुलुश निकालेको जिल्ला नेता याम भुजेलले जानकारी दिए । त्यस्तै नेविसंघ बाह्रदशीले पनि आज साँझ राँके जुलुश निकाल्यो । राजगढ बजार पेरिफेरिमा जुलुस निकाल्दै कोणसभा गरिएको थियो ।कोणसभालाई नेविसघ सभापति मिलन बस्नेतले संबोधन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्