झापा , जेठ १० । झापाको शिवसताक्षी नगरपालिका वडा नं २ मंगलबारे बजारमा गएराति भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।

नन्दकला राईको घरबाट शुरु भएको आगलागीबाट दुईवटा घर पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको हो । आगलागीबाट छिमेकी नेत्र चिमरिया र नन्दमायाको घर र घरमा रहेका होटल , पसल सबै जलेर नष्ट भएको शिवसताक्षी नगरपालिका वडा नं.२ का वडाध्यक्ष कुलबहादुर बस्नेतले बताए ।चिमरियाको आफ्नो जीउको लुगाबाहेक केही पनि नजोगिएको उनले बताए । राति १.३० बजेदेखि शुरु भएको आगो बिहान ३ बजे नियन्त्रणमा आएको थियो । स्थानीय र तीनवटा दमकलको सहायताले आगो नियन्त्रणमा आएको वडाध्यक्ष बस्नेतले बताए ।आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्