झापा , जेठ १० ।लुथरन विश्व फेडेरेशनको सहकार्यमा न्याय तथा विकासका लागि सामाजिक संजाल झापाले ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

संजालले झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र मेची अस्पताललाई कोभिड रेस्पोन्सअन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । झापा गाउँपालिकालाई ३० थान पिपिई , ३० थान फेसशिल्ड , एन्टीजेन रेपिड किट ५० थान ,पल्स अक्सिमिटर २ थान , निबुलाइजर २ थान , पौष्टिक आहारा ५० थान र ग्लोब्स ७ जोडी प्रदान गरिएको हो । त्यस्तै गौरीगञ्ज गाउँपालिकालाई पिपिई ३० थान , फेसशिल्ड ३० थान ,डिस्पोजल मास्क एक प्याकेट , एन्टीजेन रेपिड किट ७५ थान , पल्स अक्सिमिटर २ थान , निबुलाइजर २ थान र ग्लोब्स ७ जोडी प्रदान गरिएको संजालका कुमार चुडालले बताए । त्यस्तै हिजो नै मेची अस्पताललाई ५० थान पिपिई , ५० थान फेसशिल्ड , पल्स अक्सिमिटर ९ थान ,निबुलाइजर ४ थान , ब्याट्री ९ थान र ग्लोब्स १० जोडी प्रदान गरिएको उनले जानकारी दिए ।यसअघि पनि संजालले जिल्लाका विभिन्न पालिकालाई पटकपटक स्वास्थ्य सामग्री सहयोग गरेको अध्यक्ष चुडालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्