झापा , जेठ १० । पछिल्लो २४ घण्टाभित्र झापाका विभिन्न पालिकामा १७० जना कोरोना संक्रमित थपिएका छन् ।

जसमा ६४ जना महिला छन् ।संक्रमितमध्ये पीसीआर परीक्षणबाट १२४ र एन्टिजेनतर्फ ४६ जना रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी बुद्धशान्ति गाउँपालिकामा १७ महिलासहित ४६ जना रहेका छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा १३ महिलासहित २६ जना, मेचीनगरमा १ महिलासहित १५ जना, अर्जुनधारामा ३ महिलासहित १२ जना, कनकाईमा ४ महिलासहित १२ जना गौरादहमा ६ महिलासहित १२ जनामा संक्रमण पुष्टि भएको छ ।यसैगरी, कचनकवलमा ४ महिलासहित १३ जना, भद्रपुरमा ५ महिलासहित १० जना, शिवसताक्षीमा ५ महिलासहित ८ जना, झापामा २ महिलासहित ७ जना, कमलमा २ महिला, बाह्रदशीमा १ महिलासहित ३ जना, हल्दिबारीमा १ महिला, दमकमा २ महिला र ठेगाना नखुलेकी एक महिलामा पनि संक्रमण भएको छ ।योसँगै झापामा कुल संक्रमित संख्या ९ हजार ३०६ रहेको छ भने निको भएर घर फर्किनेको संख्या ५ हजार ३५६ पुगेको छ । सोमबार ८१ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्