झापा , जेठ ११ । झापामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कनकाई नगरपालिका वडा नं १ का ३२ वर्षिय ओली थरका पुरुषको उपचारका क्रममा आज बिहान ६ बजे बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो । उनलाई बैशाख ३० गते संक्रमण पुष्टि भएको थियो । केही दिन होम आइसोलेसनमा बसेपछि उनी अस्पताल भर्ना भएका थिए । योसँगै कनकाईमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्