बिर्तामोड , जेठ ११ । बिर्तामोड नगरपालिकाले वडा नं ९ का कृषकहरुलाई धानको बीउ वितरण गरेको छ ।

वडास्तरीय समिति मार्फत धानको बीउ वितरण गरिएको हो । नवकिरण तरकारी उत्पादक समूह मार्फत सो बीउ वितरण गरिएको समूहका सचिव यज्ञराज श्रेष्ठले बताए । वडा नं.९ का विभिन्न २२ वटा कृषक समूहहरुलाई सदस्य संख्या हेरेर ३० देखि ९० केजीसम्म वितरण गरिएको जनाइएको छ । नगरपालिकाबाट वडा नं.९लाई २ हजार केजी धानको बीउ प्राप्त भएको थियो । सो बीउ जेठ ४ गतेबाट वितरण गरी ६ गते सकिएको श्रेष्ठले जानकारी दिए । बिर्तामोड नगरपालिका वडा नं.९ मा विभिन्न ५० वटा जति कृषक समूह छन् ।यस पटक वितरण गरिएको धानको बीउ एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारीबाट उत्पादित रन्जित दोस्रो पुस्ता जातको हो । जुन ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । बिर्तामोड नगरपालिकाले १० ,२ , ६ , ७ ,८ र ९ नं. वडामा गरी १२ टन धानको बीउ वितरण गरेको बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्