झापा , जेठ ११ । अक्सिजन बैंक स्थापनाको लागि कुलदिप राजवंशी स्मृति कला उत्थान प्रतिष्ठान झापाले सहयोग गरेको छ ।

प्रतिष्ठानकी संस्थापक कनकाई नगरपालिका वडा नं ९ ,घैलाडुब्वा मन्त्रीवारी निवासी जलेश्वरी राजवंशीले एक ब्यक्ति एक सिलिन्डर सहयोग कार्यक्रम अन्तर्गत १५हजार रुपैयाँ सहयोग गरेको उनका छोरा पवन राजवंशीले जानकारी दिएका छन् । आफ्ना स्वर्गीय पिता कुलदिप राजवंशीको स्मृतिमा स्थापित प्रतिष्ठानले विभिन्न साहित्यिक एवं सामाजिक कार्यहरु गर्दै आएको प्राज्ञ सदस्य राजवंशीले बताए । एकका लागि एक अभियान अन्तर्गत ४०० वटा अक्सिजन सिलिन्डरसहितको अक्सिजन बैंक स्थापना गर्ने योजना रहेको थियो । तर, सहयोगी दाताहरुको सँख्या बढ्दै गई ५४३ वटा सिलिन्डर सहयोग प्राप्त भइसकेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्