शनिश्चरे , जेठ ११ । अर्जुनधाराका एक कोरोना संक्रमितको घरमै मृत्यु भएको छ ।

अर्जुनधारा ११ का ६० वर्षीय चौधरी थरका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो । उनलाई बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।चौधरीको शवलाई परिवारका आफन्तले नै कनकाई माइमा अन्त्येष्टि गरेको अर्जुनधारा नगर स्वास्थ्य शाखाले जनाएको छ । परिवारका आफन्तले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अन्त्येष्टि गरेको कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिए ।योसँगै कोरोनाको दोस्रो लहरमा अर्जुनधारामा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्