बिर्तामोड , जेठ ११ । बिर्तामोडको केही क्षेत्रमा भोलि दिनभरि विद्युत आपूर्ति नहुने भएको छ ।

११ केभी चारआली फिडर अन्तर्गत बिर्तामोडको घन्टीबारी , स्यालडाँगी , कंचनजंघा टोल आसपासका क्षेत्रमा भोलि बिहान ८ देखि बेलुका ४ बजेसम्म विद्युत आपूर्ति नहुने भएको हो । विद्युत लाइन मर्मत संभार र पोल स्थानान्तरण गर्नुपर्ने भएकाले बिजुलीको लाइन काटिने अनारमनी वितरण केन्द्रले जनाएको छ ।यसअघि गत आइतवार पनि त्यस क्षेत्रमा मर्मत संभारको काम भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्