शरणामती,जेठ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाल विद्यार्थी संघ झापा गाउँपालिकाले शरणामतीमा राँके जुलुश प्रदर्शन गरेको छ ।

हिजो साँझ निकालिएको जुलुसले शरणामती बजार परिक्रमा गरेको थियो । शरणामतीको खालिङ चोकदेखि सुरु भएको जुलुशले शरणामतीमा रहेको वडा ६ को कार्यालय नजिकै पुगेर प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको थियो ।‘ओली तिम्रा पाराले दुःख पाए साराले,असंवैधानिक संसद विघटन खारेज गर,अधिनायकवाद मुर्दावाद’ जस्ता नारा लगाउँदै हातमा राँको बोकेर नेविसंघले बिरोध जनाएको थियो ।
नेपाली कांग्रेसका भातृ संगठनहरु नेविसंघ,तरुण दल र नेपाली कांग्रेसका स्थानीय नेताहरुको सहभागितामा बिरोध जुलुश निकालिएको नेविसंघका भुवन बुढाथोकीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्