झापा, जेठ १२ । बिर्तामोडका दुईसहित झापाका थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिर्तामोडका मृत्यु हुनेमा वडा नं ३ की ८४ वर्षिया बृद्धा र वडा नं १ का ६० वर्षिय बृद्ध रहेका छन् । बिर्तामोड ३ की ती बृद्धाको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा हिजो बेलुका मृत्यु भएको हो । त्यस्तै मुर्मू थरका बृद्धको मेची अस्पतालमा मृत्यु भएको हो । मेची अस्पतालमै भद्रपुर ९ का ६५ वर्षिय भट्टराई थरका बृद्धको पनि मृत्यु भएको छ । त्यस्तै गौरादह २ का ५० वर्षिय गौतम थरका पुरुषको दमकको एडभान्स हस्पिटलमा मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्