कुमरखोद ,जेठ १२ । नेपाल रेडक्रस सोसाइटी उपशाखा झापाको आयोजनामा कचनकवल र झापा गाउँपालिकामा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

युनिसेफ नेपाल र नेपाल रेडक्रस सोसाईटीको साझेदारीमा संचालित कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमअन्तर्गत सचेतना कार्यक्रम गरिएको हो ।
कचनकवल र झापा गाउँपालिकाको विभिन्न गाउँमा कोभिड १९ सम्बन्धी माईकिङ गरी सचेतना प्रदान गरिएको छ । कोभिड १९ बाट बाँच्नको लागि अनिवार्य रुपमा मास्कको प्रयोग, भौतिक दुरी , बेला –बेलामा सेनेटाईजर र साबुन पानीले हात मिचीमिची धोऔ भनी कचनकवल र झापा गाउँपालिकामा सहयोगी कार्यदल परिचालन गरिएको थियो । उक्त सहयोगी कार्यदलले विभिन्न स्थानहरुमा गएर मानिसहरुलाई मास्क वितरण र कोभिड १९ सम्बन्धी सचेतना जगाउँदै पम्प्लेटहरु वितरण गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्