झापा, जेठ १४। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र एउटा मर्यादित, अनुशासित र विधिमा आधारित प्रणाली भएको दोहोर्याएका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले लोकतन्त्रमा असहमति र मतभिन्नताहरू स्वाभाविक हुने भन्दै असहमतिलाई अभिव्यक्त गर्ने र सञ्चालन गर्ने लोकतन्त्रका आफ्नै मर्यादा, सीमा र विधि हुने औँल्याए ।
ती विधिहरूको पालनाले मात्रै लोकतन्त्रलाई सफल र जनताको मनमा स्थापित गराउने उनको ठहर छ । लोकतन्त्र र अराजकतन्त्रका बीचमा सीमारेखा उल्लंघन हुन पुग्यो भने लोकतन्त्र स्वयं जोखिममा पर्ने भन्दै असहमतिको समाधान खोज्न हामी आफैँले बनाएको संविधान विद्यमान रहेको बताए ।
मुलुकले स्थापित गरेका संवैधानिक संस्थाहरू विद्यमान रहेको र तिनीमाथि विश्वास गरियो भने र तिनलाई बलियो बनाइयो भने मात्रै लोकतन्त्र सुदृढ हुने उनको तर्क छ ।
सामान्य बेलामा पनि मुलुकका प्रमुख शक्तिहरू बीच न्यूनतम सम्वाद, समझदारी र सहकार्य अपेक्षित हुने भन्दै झन् सिङ्गो विश्वसँगै नेपाल पनि महामारीका विरुद्ध कठिन लडाइँ लडिरहेको बेला राजनीतिक दल र समाजका सबै पक्षबीच सम्वाद, समझदारी र सहकार्य झनै आवश्यक रहेने उनको मान्यता छ ।तिक्तता, तनाव र विभाजनले क्षणिक तुष्टि दिने भन्दै तर कालान्तरमा यसको मूल्य महङ्गो गरी चुकाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्