झापा ,जेठ १५ । गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार झापाका १२ जना कैदीले सजाय कट्टा गरी माफी पाएका छन् ।

हरेक वर्ष गणतन्त्र दिवसको अवसरमा कैदीवन्दीलाई कैद माफी दिने क्रममा जिल्ला कारागार झापाका त्यतिले सजाय कट्टा गरी माफी पाएका हुन् । कारागार प्रशासनले २२ जनाको नाम सिफारिस गरेको थियो । राम्रो चालचलन भएका र पचास प्रतिशत कैद भुक्तान गरेका कैदीले माफी पाएको कारागार प्रमुख राजेन्द्र गौतमले बताए । आज रिहा हुने सबै पुरुष कैदी छन् । बहुविवाह,डाका चोरी , किर्ते नागरिकता , सरकारी छाप दस्तखत दुरुपयोग कसूरमा कैद भुक्तान गरिरहेका कैदीहरु माफी पाएर रिहा हुन लागेको उनले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा झापाका १२ सहित चार सय ३० कैदीहरूको सजाय कट्टा गरी माफी दिएकी हुन् । सरकारको सिफारिसमा उनीहरूलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्