झापा , जेठ १५ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापाको औषधी उपचार खर्च बिएण्डसी हस्पिटल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले प्रदान गर्ने भएका छन् ।

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष सामाजिक अभियन्ता थापा हाल अस्वस्थ्य भई मेडिसिटी अस्पताल काठमाण्डौंमा उपचाररत रहेका छन् । उनको उपचारमा सहयोगको लागि विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले आह्वान गरेपछि प्रसाईले औषधी उपचार खर्च ब्यहोर्ने भएका हुन् ।सामाजिक उत्तरदायित्व र मुल मान्यता अनुसार स्वास्थ्य उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस् भनेर उपचारको क्रममा मेडिसिटी अस्पतालमा लागेको सम्पूर्ण उपचार खर्च प्रदान गर्ने कार्यकारी निर्देशक प्रसाईले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । उक्त रकमको लागि ९८०१४५६७८१ जनसंम्पर्क प्रमुख प्रमेश गिरीसँग संम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्