झापा , जेठ १५ । झापाका थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा अर्जुनधारा र मेचीनगरका एक–एकजना पुरुष छन् । अर्जुनधाराका एक पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।अर्जुनधारा ११ निवासी ४० वर्षीय कटुवाल थरका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।अर्जुनधाराका कोभिड फोकल पर्सन मुकुन्द बस्नेतका अनुसार बिर्तामोडको बिर्तासिटी हस्पिटलमा राति मृत्यु भएको हो । उनको स्थानीय देउनिया खोलामा नेपाली सेनाले अन्त्येष्टि गर्ने भएको छ ।योसँगै कोरोना संक्रमणको दोस्रो लहरमा अर्जुनधारामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

त्यस्तै मेचीनगरमा आज फेरि एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मेचीनगर–१० स्थित शारदा शिशु ईङ्लिस बोडिङ स्कुल छेउका ६२ वर्षीय पुरुषको आज बिहान २ बजे बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रमममा मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए । उनलाई १८ दिनदेखि सोही अस्पतालमा राखेर उपचार भईरहेको थियो । सोहि अस्पतालमा नै एन्टिजेन टेष्ट गर्दा पोजेटिभ आएको थियो । उनको दिउँसो स्थानीय निन्दा खोलामा नेपाली सेनाले दाहसंस्कार गर्ने तयारी भईरहेको बरालले जानकारी दिए । योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्