बिर्तामोड , जेठ १५ । नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बिर्तासिटी हस्पिटल बिर्तामोडमा दश दिनदेखि उपचार गराइरहेका करीब ४५ वर्षिय भण्डारीको आज दिउँसो मृत्यु भएको हो ।अस्पतालमा उपचारका क्रममा कुनै सुधार नभएपछि परिवारले दिउँसो ३ बजे घर लान्छु भनेर विरामी लिएर गएको बिर्तासिटीका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए ।घरतर्फ लैजाने क्रममा पत्रकार भण्डारीको मृत्यु भएको उनका दाजु उमानाथ भण्डारीले जानकारी दिए ।