झापा ,जेठ १६ । झापा बिर्तामोडका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड १ निवासी बस्नेत थरका ७८ वर्षिय बृद्ध रहेका छन् । उनको उपचारका क्रममा हिजो बेलुका ७ बजे बिर्तासिटी हस्पिटलमा मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिएका छन् ।