झापा, जेठ १६ । झापाको बुद्धशान्ति गाउँपालिका ३ धाईजन चौकबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय बिमल बस्नेत र २९ बर्षीय बिशाल बस्नेत रहेका छन् ।
हिजो बेलुका पौने ६ बजे उनीहरुलाई ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्