भद्रपुर, जेठ १६ । नेपाल पत्रकार महासंघ झापा शाखाले भद्रपुर क्षेत्रमा रहेका सञ्चारकर्मीहरूलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

महासंघ झापा अध्यक्ष एकराज गिरीको नेतृत्वमा आएको टोलीले महासंघ झापाका पूर्व सभापति तथा प्रेस क्लब भद्रपुरका अध्यक्ष गोविन्दचन्द्र क्षेत्रीमार्फत नगर क्षेत्रका ३३ जना सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।
महासंघ झापाले जिल्ला सहकारी संघ झापा तथा प्रदेश १ पत्रकार महासंघको सहकार्यमा जुटाएको सेनिटाइजर, मास्क, ज्वरो नाप्ने डिजिटल थर्मोमिटरलगायतका स्वाथ्य सामग्री पत्रकारको स्वास्थ्य सुरक्षाका लागि प्रदान गरेको हो । यसअघि महासंघले झापाको दमक, कन्काई, बिर्तामोड, अर्जुनधारा, बुद्धशान्ति, मेचीनगर क्षेत्रका पत्रकारहरूका लागि स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिसकेको जनाएको छ । महासंघ झापा अध्यक्ष गिरीले झापाका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि दातासित सहकार्य गरी प्राथमिक स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्