झापा , जेठ १६ । दोस्रो लहरको कोरोना शुरु भएदेखि विभिन्न स्वयंसेवा गर्दै आएको कोभिड रेस्पोन्स टिम झापाले कोरोना संक्रमित भई निको भएका १३ जनाभन्दा बढीबाट प्लाज्मा रगत संकलन गरेको छ ।

टिमले बैंक संचालन गरी एण्टिबडीका लागि प्लाज्मा रगत संकलन गरेको हो । प्रदेश–१ का विभिन्न जिल्लामा संक्रमित भई निको भएकाहरुलाई आग्रह गरी प्लाज्मा दान दिनका लागि तयार पारिएको अभियान संयोजक दिपक दासले बताए ।
टिमले संक्रमितको पिसिआर रिपोर्टका साथै अन्य कागजातको समन्वयकारी भूमिका निर्वाह गर्दै मोरङको बिराटनगरमा बिरामीहरुका लागि प्लाज्मा रगत पुर्याएको छ । सुरुवाती कोठा नेपाल, एसएन जेडि, क्विक रेस्पोन्स सेण्टर, जिल्ला युवा परिषद झापा, रोटरी क्लब अफ बिर्तामोड मिड्टाउन,चेम्बर अफ कमर्स झापा, आदर्श स्कुल अफ मेनेजमेण्टलगायतका संस्थाहरुले अभियानसँग प्रत्यक्ष रुपमा सहकार्य गर्दै आइरहेको दासले बताए । अभियानलाई रेड्क्रस बिर्तामोड उपशाखाले प्राबिधिक सहयोग पुर्याउँदै आएको छ ।

अभियानले आगामी दिनमा श्री सत्य साइ सेवा संगठन प्रदेश १(क) र एकका लागि एक अभियानसंग सहकार्य गरी अक्सिजन सिलिन्डर ब्यबस्थापन र पिसिआर ल्याब ब्यवस्थापनमा समेत सहयोग पुर्याउने अभियानका सचिव बिष्णु आचार्यले बताए ।

अभियानमा यज्ञराज कडरिया,रुपक रिजाल,भरत यादबले आ–आफ्नो जिम्मेवारी निभाउँदै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्