झापा , जेठ १६ । झापाको शिवसताक्षीमा पर्ने दुधे–शिवगञ्ज सडकअन्तर्गत दुधेमा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

शिवगञ्जबाट दुधेतर्फ आउने क्रममा बीच सडकमा राखिएको डिभाइडरमा आफैंले चलाएको मे १२ प २३८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किएर भएको दुर्घटनामा चालक शिवसताक्षी ६ का अन्दाजी ३५ बर्षिय जीवन दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते दर्नालको उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुरयाउने बित्तिकै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख प्रहरी निरीक्षक ध्रुवनारायण प्रधानले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्